बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

गौशालामा ८ वटा सवारी साधन एक आपसमा ठोक्किए, १५ जना घाइते

बुधबार, जेष्ठ ७ २०८२

काठमाडौं । काठमाडौंको गौशालामा ८ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । आज बिहान किरब ११ बजे गौशालाबाट एयरपोर्टतर्फ जाँदै गरेको बस ब्रेक फेल भएर दुर्घटना हुँदा आँठ वटा सवारी साधन एक आपसमा ठोक्किएका हुन् । जसमा १५ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा रमा कार्की, विष्णुमाया कार्की, कृष्ण कार्की, समृद्धि दाहाल, दीपक शाह, अप्सरा अधिकारी, प्रदिप भुजेल, आकृति तामाङ, सुरेन्द्र भुजेल, लक्ष्मण लुवानी, राम चौधरी, बसन्ती परी, प्रेम मोक्तान, सुजन थापा मगर र मन्जु दाहाल रहेका छन् ।

उनीहरु सबैको अवस्था सामान्य रहेको र अहिले केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।