काठमाडौं । नेपाली बजारमा आज एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको अनुसार बुधबारका लागि महासंघले सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । आज चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँमा रहेको चाँदी आज बढेर १९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।