बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक आह्वान, गर्भनर नियुक्ति गर्ने सम्भावना

मंगलबार, जेष्ठ ६ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे मन्त्रिपरिषद्  आह्वान गरेको छन् ।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटार भेटघाट पछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक आह्वान गरेको हुन् ।

मन्त्रिपरिषदको नियमित बस्ने बैठक हिजो बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री ओलीले बैठक स्थगित भएको जानकारी गराएका थिए।

लामो समयदेखि गभर्नर नियुक्तिको विषय पेचिलो बनिरहेको बेला आजको बैठकबाट राष्ट्र बैंकले नयाँ गभर्नर पाउने सम्भावना रहेको छ ।

आजै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक पनि बोलाएका छन् ।