बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

कास्कीमा ४.७ म्याग्निच्युडको भूकम्प

मंगलबार, जेष्ठ ६ २०८२

पोखरा । कास्कीको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प मंगलबार दिउँसो १स्५९ बजे गएको पुष्टि भएको हो ।

भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लाहरूमा महसुस भएको स्थानीयले बताएका छन् । यसअघि गत वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।