काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते घटेको तीनकुने घटनालाई कुनै पनि धर्म र आस्थासँग जोडेर हेर्न नमिल्ने बताएका छन् । उनले उक्त घटना आगजनी र हिंसा अपराध कर्म भएको बताएका हुन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा मन्त्री लेखकले तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरित भएकाले कुनैपनि हालतमा उचित मान्न नसकिने बताए ।
त्यस्तै गृहमन्त्री लेखकले उक्त घटनाका घाइतेको सरकारले निशुल्क उपचार गरिरहेको र हाल दुई जनाको उपचार जारी रहेको बताए ।