बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश

शुक्रबार, जेष्ठ २ २०८२

काठमाडौं । राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको छ। ५० दिनदेखि हिरासतमा रहेका मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो।

मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश भएको हो ।

बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार यस्ताे आदेश दिएको हो।

यससँगै मिश्र हिरासत मुक्त हुनु हुनेछ ।

गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका उनलाई पक्राउ गरेको थियो ।