बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको मूल्यमा उच्च वृद्धि, कति पुग्यो आज ?

शुक्रबार, जेष्ठ २ २०८२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज फेरि सुनको मूल्यमा उच्च वृद्धि भएको छ ।

बिहीबार तोलाको तीन हजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि तीन हजार रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला तीन हजार पाँच सय रुपैयाँ घटेर एक लाख ८१ हजार आठ सयमा झरेको थियो ।

वैशाख ९ गते सुनको मूल्यले उच्च रेकर्ड बनाएको थियो । त्यसदिन सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो।