शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिबार, जेष्ठ १ २०८२

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेको हो।

यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।