शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

भारत र पाकिस्तानमा बसोवास गर्ने नेपाली नागरिकको ख्याल गर्न सभामुखद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, बैशाख २६ २०८२

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बसोवास गर्ने नेपाली नागरिकको ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको शुक्रवारको बैठकमा सभामुख घिमिरेले नेपालीहरूको सुरक्षा लगायत पर्नसक्ने सम्भावित समस्याहरू प्रति आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले भारत पाकिस्तानमा युद्ध शुरु भएकाले त्यहाँ बसोवास गर्ने नेपालीहरुको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरुको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सभाको तर्फबाट सरकारको ध्यानाकर्षण गराएका हुन् ।