शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

बुधबार, बैशाख २४ २०८२

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु एक हजार ७०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ रुपैयाँमा बेचबिखन भइरहेको छ ।

मङ्गलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।