शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एकैदिन ५ हजार ३ सयले बढ्यो सुनको मूल्य

मंगलबार, बैशाख २३ २०८२

काठमाडौं । नेपाली बजारमा आज एकैदिन सुनको मूल्य ह्वात्तै बढेको छ ।

आज सुन ५ हजार ३ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ५५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।