काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने १५ रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।