सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

सोमबार, बैशाख १५ २०८२

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज काठमाडौंमा प्रदर्शन गर्दैछ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलगायत ६४ जना पक्राउको बिरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।

सो प्रदर्शन दिनको १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा गरिने राप्रपा नेपालले जनाएको छ।

‘चैत १५ गते तीनकुनेमा भएको घटनाको वहानामा सरकारले ६४ जनालाई थुनामा राखेको छ, उनीहरू अपराधी होइनन्, हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको बिचारको संवाहक हुन्, आस्थाका योद्धा हुन्,’ अध्यक्ष थापाले भनेका छन्, ‘उनीहरू बेवारिसे छैनन्, सम्पूर्ण राष्ट्रवादीहरू उनीहरूको रिहाईको निम्ति प्रतिवद्धत छौँ, एक छौँ।’

यस्तै यसअघि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले यसअघि नै विज्ञप्ति जारी गर्दै वैशाख १५ गते काठमाडौंमा राप्रपा नेपालले आयोजना गर्ने जनप्रदर्शनमा आफ्नो पूर्ण साथ, सहयोग रहने जनाएको छ।

पहिलोपटक हामी चारजना एकठाउँमा भन्दै आफूसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीसहितका नेताको तस्वीरसहित कमल थापाले वैशाख १५ गते भृकुटीमण्डपमा जनप्रदर्शन हुने जनाएका छन् ।