बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा डा.पद्‍मप्रसाद खतिवडा

बुधबार, बैशाख १० २०८२

काठमाडौँ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ राष्ट्रिय सम्मेलनबाट डा पद्मप्रसाद खतिवडाको नेतृत्वमा एक सय ५१ सदस्य केन्द्रीय कमिटी निर्विरोध चयन भएको छ ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट, उपाध्यक्षहरूमा नरेन्द्र कोइराला, भरत राई, तेजविक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, डा तिलक भुसाल, नरेन्द्र शिवाकोटी र माया घिमिरे, महासचिवमा सुमन खरेल, उपमहासचिवमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी र डा देवराज आर्याल, सचिवमा होमबहादुर बस्नेत, किशोर साह, छवि बराल, श्रीकान्त खतिवडा, भुवनेश्वर लामिछाने, विष्णुकुमार खड्का, कृष्णसिंह साउद, कोषाध्यक्षमा कृष्ण ओझा र सहकोषाध्यक्षमा चन्द्रबदना राई चयन भएका छन् ।

यही वैशाख ८ गते प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरमा राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका थिए ।