काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई खतरा पार्टी बनाएर देखाइ दिन चुनौती दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत रिमालले भुसाललाई लक्षित गर्दै एमालेसहित प्रमुख दलका नेताहरुप्रति टिप्पणी गर्नुभन्दा आफ्नै पार्टीलाई चाहेजस्तो, खोजेजस्तो र सोचेजस्तै खत्रा पार्टी बनाएर देखाउन सुझाव दिए।
भुसाललाई रिमालले साँच्चिकै महासचिव भएको हो नि भन्दै, हो भने– आफ्नै पार्टीलाई चाहेजस्तै– खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखादिए हुन्न ? अब के को लागि यो ल्याङ, ल्याङ ? भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन्– ‘… तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौ… । चल्तिका एक युवा गायकले के सन्देश दिन यो गीत बनाए, त्यो त उनैलाई थाहा होला । तर मलाईचाहिँ आजभोलि चम्कीचम्की, जुल्फी हल्लाई हल्लाई एमाले सहितका प्रमुख दलका नेताहरुप्रति टिप्पणी गर्ने ‘एस’ भनिने ‘त्यस’ पार्टीका महासचिवको ‘फुरफुरी’ले गीत याद आयो ।’