बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जम्मु कश्मीर हमलामा ज्यान गुमाएका नेपालीको विवरण पुष्टि गर्दैछौँ : परराष्ट्रमन्त्री

बुधबार, बैशाख १० २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य आतङ्कवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दु:खी भएको बताएकी छिन्।

सामाजिक सञ्जाल एक्समार्फत उनले दु:ख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गरेकी हुन्। परराष्ट्रमन्त्रीले दु:खको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गरेकी छिन्। साथै, उनले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेकी छिन्।

‘नेपाल सरकार दु:खको यस घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको छ’, एक्समा उनले लेखेकी छिन्।

परराष्ट्रमन्त्री डा देउवाले उक्त दु:खद् घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने पनि उल्लेख गरेकी छिन्।