काठमाडौं । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले केही सञ्चार माध्यममा आएका समाचारलाइ लिएर आपक्ति जनाएकी छन् ।
शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि शाक्य शिक्षामन्त्री बन्ने भन्दै केही सञ्चार माध्यममा समाचार आएपछि उनले सामाजिक सञ्जालमार्फत उक्त समाचारको खण्डन गरेकी हुन् ।
उनले आफूलाई जानकारी भएअनुसार केही मानिसले आफूप्रति पूर्वाग्रह राखेर नै अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको होला भन्ने ठानेको पनि उल्लेख गरेकी छिन् ।
उनले आफू विरुद्ध भएका यस्ता मिथ्या प्रचारबाजीलाई सही ठानेर पूर्वाग्रही र कपोलकल्पित प्रचारप्रसार नगरिदिन सम्पूर्ण सञ्चार माध्यमलाई अनुरोध गरेकी छिन् । उनले भनेकी छिन्, ‘गलत स्वार्थसहित केही सञ्चार माध्यममा कसैले फैलाएको भ्रमको पछि नलाग्न म सबैलाई हार्दिक अनुरोध गर्दछु ।’
उनले लेखेकी छन्, ‘मसँग सरोकार राख्ने र आफन्तहरुमा समेत यहि भ्रामक र कपोलकल्पित प्रचारका कारण भ्रम सिर्जना होला भनी सामान्य केही जानकारी गराउने प्रयास गरेको छु । तपाईँहरुलाई जानकारी नै छ । म भर्खरै मात्र अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएर आएको छु । यसले केही हदसम्म भए पनि नेपालको इज्जत र प्रतिष्ठा अन्तराष्ट्रियस्तरसम्म लैजान र उच्चो बनाउन केही भूमिका खेलेको होला भन्ने विश्वास मैले लिएको छु ।’
गलत स्वार्थसहित केही सञ्चारमाध्ययममा कसैले फैलाएको भ्रमको पछि नलाग्न पनि उनले सबैलाई अनुरोधसमेत गरेकी छन् ।
थप उनले भनेकी छन्, ‘पूर्वराजदूतको समेत जिम्मेवारी सम्हालिसकेको अनुभव मात्रै होइन आफ्नो कर्तव्य र इमान्दारिताका लागि विश्व समुदायबाट सम्मानित भएर अन्तराष्ट्रिय पुरस्कारहरु समेत पाइसकेको व्यक्ति हुँ भन्ने जानकारी पनि यहाँ स्मरण गराउँन चाहन्छु । मलाई जानकारी भएअनुसार केही मानिसले मप्रति पूर्वाग्रह राखेरनै अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको होला भन्ने ठानेको छु । मेरा विरुद्ध भएका यस्ता मिथ्या प्रचारबाजीलाई सही ठानेर पूर्वाग्रही र कपोलकल्पित प्रचार–प्रसार नगरिदिनु हुन् सम्पूर्ण सञ्चारमाध्ययहरुलाई अनुरोध पनि गर्न चाहन्छु ।’