आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आज फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो ?

मंगलबार, बैशाख ९ २०८२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार फेरि ह्वात्तै बढेको छ । आज सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।