शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

संखुवासभाको मकालु गाउँपालिकाका पूर्व अध्यक्ष तेज बहादुर पोख्रेल एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

सोमबार, बैशाख ८ २०८२

काठमाडौैं । संखुवासभा जिल्ला मकालु गाउँपालिकाका निर्वाचित पूर्व अध्यक्ष तेज बहादुर पोख्रेल नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

पोख्रेललाई पेरिसडाँडा स्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे।

पूर्व अध्यक्ष पोख्रेलको आगमनले माओवादी केन्द्रलाई संखुवासभा क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ। पार्टीमा स्वागत कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति थियो।