सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

गभर्नर नियुक्तिसम्बन्धी रिट न्यायाधीशद्वय पौडेल र निरौलाको इजलासमा

सोमबार, बैशाख ८ २०८२

काठमाडौं । गभर्नर नियुक्ति विवादसम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको छ ।

अधिवक्ता विशाल थापा र प्रतिभा उप्रेतीले चैत ३१ गते दायर गरेको रिट अन्तरिम आदेशसम्बन्धमा सुनुवाइका लागि आइतबार पेसी चढेको हो ।

उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहित परेको पुरक निवेदनमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्चले गत वैशाख २ गते तत्काल उक्त संशोधन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अल्पकालीन आदेशका लागि आइतबार दुवै पक्षलई छलफलका लागि बोलाएको थियो ।

यसैबिच गभर्नरमा कार्यकारी निर्देशक डा.भट्टको चर्चा चुलिएसँगै गत शुक्रबार अधिवक्ताद्वयले पुरक निवेदन दिएका थिए । आइतबार रिट र पुरक निवेदनमाथि पेसी तोकिए पनि हेर्न नभ्याइनेमा गएको थियो ।

गएको चैत १८ गते अर्थ मन्त्रालयले अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र ‘मनोनयन सम्बन्धी मापदण्ड २०७३’ संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो ।