सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

नेपाल ल क्याम्पसमा स्ववियुको मतदान जारी

सोमबार, बैशाख ८ २०८२

काठमाडौं । नेपाल ल क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन स्ववियु (स्ववियु)को मतदान भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतमा क्याम्पसहरुमा गत चैत ५ गते निर्वाचन भए पनि ल क्याम्पसमा भने समयमा चुनाव हुन सकेको थिएन ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चुनाव गर्नका लागि अदालतमा दिएको उजुरीमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले यथासिघ्र चुनाव गर्न परमादेश जारी गरेसँगै सोमबार मतदान भइरहेको हो ।

मतदान बिहान ८ बजे शुरु भइ साँझ ५ बजेसम्म विद्युतीय प्रक्रिया अनुसार हुनेछ । मतदानमा दुई हजार नौ सय १८ जनाले भाग लिँदैछन् ।

निर्वाचनमा नेविसंघ एक्लै चुनावी मैदानमा छ भने अनेरास्वियु र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ ।