काठमाडौं । राप्रपाका महामन्त्री धवलशमशेर राणा गत राति रिहा भएका छन् । राणा हाजिर जमानीमा रिहा भएका हुन् ।
चैत १५ को तीनकुने प्रदर्शनलाई उत्तेजक बनाउने भूमिका खेलेको कारण उनीलाई राज्यविरुद्धको कसुरमा म्याद थपी कानुनी कारबाही अगाडि बढाइएको थियो । तर स्वास्थ्यका कारण आवश्यक परेका बखत उपस्थित हुने गरी आइतबार राति हाजिर जमानीमा उनलाई छाडिएको हो ।
उनलाई पत्नी प्रतिभा राणाको जिम्मामा रिहा गरिएको छ । क्यान्सरको उपचारकै लागि प्रहरीले उनलाई रिहा गरेको हाे ।