काठमाडौं । राजसंस्था पुनर्स्थापना र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आझ आइतबार काठमाडौं प्रदर्शन गर्दैछ । राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
राजसंस्था पुनस्र्थापना, संघीयता खारेजी र हिन्दू राष्ट्र स्थापनालगायतका समान उद्देश्य राखेर अन्य समूहहरू पनि आन्दोलनमा उत्रिरहँदा आज मात्रै राप्रपाले काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्दैछ ।
राप्रपाको आन्दोलन, व्यवस्था बदल्ने प्रयत्न र समसामयिक विषयमा केन्द्रित रहने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ
बताएका छन् ।
वैशाख ४ गते बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने निर्णय गर्दै वैशाख ७ गते (आइतबार) निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायत चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्नुपर्ने राप्रपाको माग छ ।
यता गृह मन्त्रालयले भने राप्रपाले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ । यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ ।
साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।