सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

६ डिआइजी एआइजी बढुवाका लागि सिफारिस

शुक्रबार, बैशाख ५ २०८२

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि ६ प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बिहिबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा डिआइजीहरु चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी छन् ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए ।