काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको गतिप्रति असन्तुष्टि व्यक्त गर्दै कार्यशैली परिवर्तन गर्न सुझाएका छन् ।
बुधबार सरकारको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गर्दै उनले सामाजिक सञ्जाल एक्समा सात बुँदामा सुझाव दिएका छन् ।
‘नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन । मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक भएन,’ उनले भनेका छन्, ‘कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर अनुभूतिमा भेटिनुपर्छ । सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ ।’
हेर्नुहोस् उनका सुझाव
