बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको भाउ हालसम्मकै उच्च, कति पुग्याे आज ?

बुधबार, बैशाख ३ २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

निरन्तर नयाँ रेकर्ड बनाइरहेको सुनको भाउ आज एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ ।

यसअघि चैत ३१ गते तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको उच्च मूल्यको रेकर्ड आज तोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य २७ सय रुपैयाँले बढेको छ । हिजो सुन प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

हिजो चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।