काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले हङकङविरुद्ध पहिला बलिङ गर्दैछ ।
मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपालले दोस्रो खेलबाट एक परिवर्तन गरेको छ । पेस बलर दयानन्द मण्डलको ठाउँमा स्पीनर विपिन प्रसाद शर्मा टोलीमा आएका छन् ।
नेपालले यसअघि भएका दुवै खेलमा जित निकालेको छ ।
नेपालको टोली : नरेन भट्ट (कप्तान), अभिषेक शर्मा, साहिल पटेल, निरज यादव, सन्तोष यादव, युवराज खत्री, अशोक धामी, बिपिन प्रसाद शर्मा, रोशन बिक, अपराजित पौडेल र दिलसाद अली