सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

कांग्रेस-एमाले नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

बुधबार, बैशाख ३ २०८२

काठमाडौं । सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ ।

सरकारको भविष्यबारे अनेक शंका–उपशंका र गठबन्धनका नेताबीच असमझदारी सार्वजनिक भइरहँदा संयन्त्रको बैठक डाकिएको हो ।

बैठक साँझलाई तय भएको भएपनि समय निर्धारण भएको छैन ।

सरकारको कार्यसम्पादनमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

दुई नेताबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बालुवाटर स्रोतले जानकारी दिएको छ। दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने समझदारी भएको छ ।

पछिल्लो समय विपक्षी दलका नेता पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ ।

यही सन्दर्भमा प्रधानमन्त्री ओलीले देउवासँग छलफल गरेका थिए ।