सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

दुर्गा प्रसाईंलाई बुद्ध एयरको उडानबाट काठमाडौँ लगिँदै

शुक्रबार, चैत्र २९ २०८१

झापा । दुर्गा प्रसाईंलाई भारतीय सुरक्षाकर्मीले नेपाल प्रहरीलाई केहीबेर अघि जिम्मा लगाएको छ ।

उनलाई आज बिहान भारत आसामको गुवाहाटी हुँदै गाडीमा राखेर झापाको काँकडभिट्टा ल्याइएको थियो । झापा ल्याउने बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए ।

पूर्वीनाका काँकरभिट्टाको मेची पुलमा भारतीय सुरक्षाकर्मीले नेपाल प्रहरीलाई जिम्मा लगाएको हो । नेपाल प्रहरीले काँकरभिट्टामा जिम्मा लिएर उनलाई सिधै भद्रपुर विमानस्थल लगेको छ ।

प्रसाईंलाई बुद्ध एयरको उडानबाट काठमाडौँ लाने तयारी भइरहेको छ ।

सिलगुडीमा लुकेर हिजो भागेका प्रसाईलाईं आसाममा स्थानीय प्रहरीले पक्राउ गरेको थियो । नेपाल प्रहरीको समन्वयमा प्रसाईंलाई पक्राउ गरेको हो ।

गत १५ चैत काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएर फरार भएका प्रसाईं फरार भएका थिए ।

प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप छ ।  राजावादीको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घर र गाडीमा तोडफोड र आगजनी गरिएको थियो ।