शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपालकाे लगातार दोस्रो जित, कुवेतलाई ६ विकेटले हरायो

बिहिबार, चैत्र २८ २०८१

काठमाडौं । चारदेशीय टी-२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

बिहीबार बिहान कुवेतविरुद्धको खेलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको शानदार अर्धशतकमा नेपाल ६ विकेटले विजयी भएको हो।

कुशल भुर्तेल ८१ र आसिफ शेखले ५३ रन बनाए ।

यस्तै दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेले । गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे । कुशल मल्ले ४ रन मात्रै जोड्न सके ।

कुवेतले नेपाललाई  १८६ रनको लक्ष्य दिएकाे थियाे ।  १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।