सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

चैत ३० गते दमकमा हुने एमालेकाे जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

बुधबार, चैत्र २७ २०८१

झापा । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा जनसभा तथा प्रदर्शन गर्ने भएको छ ।

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली चैत ३० गते गृहजिल्ला झापा आउने भएका छन् ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले सभामा एक लाख जनता उतार्ने दाबी गरे ।

मंगलबार दमकमा प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा राईले प्रतिगामीहरूलाई टाउको उठाउन नदिन एमालेले बृहत् जनसभाको तयारी गरेको बताए ।

लोकतन्त्र र गणतन्त्र माथि निरन्तर धावा बोलिरहेका बेला एमाले सरकारमा छ, एमाले नै सडकमा किन आउनु पर्‍यो भनेर प्रश्न गर्न सान्दर्भिक नहुने राईको तर्क छ ।

स्थानीय पशुहाटमा हुने जनसभाको प्राविधिक काम धमाधम भइरहेको बताउँदै उनले झापाबासीलाई चैत ३० गते दमक आउन आव्हानसमेत गरे ।

जनसभाको प्रचारका लागि एमालेले २९ गते मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।

दमकबाट सुरु हुने र्‍याली बाह्रघरे–स्कुलचौन, गौरीगञ्ज, गौरादह हुँदै पाँडाजुँगी पुगेर समापन हुने छ । जनसभा मुल स्टेरिङ कमिटीका संयोजक समेत रहेका राईले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।