काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची जाँदै छन् ।
अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका लागि त्यहाँ जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
उनी काठमाडौंबाट हेलिकप्टरबाट बिहान साढे ११ बजे पाणिनी जाने कार्यक्रम रहेको छ ।
यो सम्मेलनले पाणिनि तपोभूमिको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास गरिएको छ। सम्मेलनमा देश-विदेशका साधु-सन्त, धार्मिक व्यक्तित्व, बुद्धिजीवी तथा हजारौँ श्रद्धालुहरू सहभागी हुने अपेक्षा गरिएको छ।
त्यसपछि फर्किएर काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्नेछन् ।