काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले रास्वपा बन्न रवि लामिछानेलाई अब सबैले बिर्सनपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।
ढकालले रविको पार्टी नभइ राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन सुझाव पनि दिएका छन्।
‘रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं। तितो लाग्न सक्छ, तर सत्य यहि हो, राष्ट्रिय स्वतन्त्र पार्टी बन्न रवि दाइलाई अब सबैले बिर्सनपर्छ। दुई-चार हजार अरिङ्गलका कमेन्ट हेरेर डराउन जरूरी छैन,’ उनले भनेका छन्।
आइतबार मात्र मुकुलले रविले प्रधानमन्त्री बन्न हतार गरेको प्रतिक्रिया दिएका थिए।
केही दिन अघि पनि उनले रविलाई राजनीतिबाट बिदा गरी, राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा लाग्न पनि अनुरोध गरेका थिए ।