काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज रूपन्देही जिल्ला अदालतमा उपस्थित गराउँदै छ
बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका लामिछानेलाई रूपन्देही प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराउँदै छ । उनलाई शुक्रबार प्रहरी काठमाडौंस्थित निवासबाट पक्राउ गरेको थियो ।
काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान भैरहवा लगिएको हो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पक्राउ परेका लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो ।
शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
लामिछानेलाई अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरी आजै थुनामा पठाइने छ ।
सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्न आदेशको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्न आदेशको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतले एक करोड धरौटीमा छोड्न दिएको आदेश उच्चले उल्टाएको हो । सहकारी संस्थाबाट उक्त मिडियाको नाममा सिधै र अन्य व्यक्तिको नाममा समेत गरी करोडभन्दा बढी रकम बैंक खातामा आएको आदेशमा उल्लेख छ ।
‘प्रतिवादीले सो मिडिया प्रालिमा उता सहकारी संस्थाबाट रकम आएको विषयमा आफूलाई कुनै ज्ञान नरहेको अभिव्यक्ति प्रकट गरे पनि सो सहकारी संस्थाबाट उक्त मिडिया प्रालिको नाउँमा सिधै र अन्य व्यक्तिको नाउँमा समेत गरी करोड रुपैयाँभन्दा बढी रकम सो मिडियाको बैंक खाताहरूमा गएको देखिन्छ,’ आदेशमा भनिएको छ ।