बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको उपाध्यक्ष मनोनीत

सोमबार, चैत्र २५ २०८१

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ नेकपा माओवादी केन्द्रको उपाध्यक्ष पदमा मनोनीत भएका छन् ।

पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकै पटक मनोनीत गरिएको हो । चैत१८ र १९ गते बसेको पदाधिकारी बैठकले पून लाई उपाध्यक्ष मनोनीत गरेको हो ।

दुई कार्यकाल उपराष्ट्रपति बनेका पुन केही समयदेखि माओवादीको बैठकहरूमा सहभागी हुने गरेका थिए । उनलाई उत्पादन क्षेत्रमा काम गर्ने गरी जिम्मेवारी समेत दिइएको छ ।

पार्टीले उनलाई उपाध्यक्ष बनाउने निर्णय गरेको र विधान संशोधनको मस्यौदा तयार गरिएको जनाइएको छ ।

पछिल्लो समयमा माओवादीमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा मिलेर अप्ठेरोमा पार्न थालेपछि प्रचण्डले पासाङलाई अघि बढाएको खुमलटटार स्राेत बताउँछ ।