सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

शिक्षकको आन्दोलनले एसईईको कापी परीक्षण प्रभावित

आइतबार, चैत्र २४ २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिएको भोलिपल्टदेखि नेपाल शिक्षक महासङ्घले आन्दोलन सुरु गरेपछि एसईईको उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने भएको छ ।

यो साताबाट उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्ने हो । तर, उनीहरुले राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् । शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा नै गरेका छन् ।

शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै उत्तरपुस्तिका परीक्षण, गोष्ठी, तालिममा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेको भएपनि उनीहरु वार्तामा बसेका छैनन् ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलित भएका छन्।

२०८१ साल चैत्र ०७ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा मा देशभरबाट नियमित तर्फ ४३१४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा चार ल‍ाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश भएका छन्।

शिक्षकहरू २० चैतदेखि काठमाडौमा सडक आन्दोलनमा आएका छन् । आन्दोलनका कारण भर्ना अभियानसमेत प्रभावित भएको छ । कतिपय विद्यालयको वार्षिक परीक्षाको नतिजा समेत प्रभावित भएको छ ।