काठमाडौं । काठमाडौं तीनकुने स्थित दिव्य कलेजमा राष्ट्रिय गणित ओलम्पियाडको बन्द प्रशिक्षण सुरु भएको छ।
बन्द प्रशिक्षण सुरु हुनु अघि कलेजको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सभापति नेपाल गणित संघका केन्द्रिय अध्यक्ष डा विनोद प्रसाद पन्त, प्रमुख अतिथि दिव्य कलेजका अध्यक्ष नारायण काफ्ले, अतिथिहरुमा कलेजका उपप्राचार्य छत्र न्यौपान्ने, न्यू मोडेल माध्यमिक स्कुल पोखराका प्राचार्य लक्ष्मण पोख्रेल, क्रीयटिभ एकेडेमी किर्तिपुरका उपप्राचार्य खगेन्द्र गौतम ,राष्ट्रिय गणित ओलम्पियाडका केन्द्रिय उपाध्यक्ष हरि कडेल, केन्द्रिय कोषाध्यक्ष नारायण पौडेल , तालीमका मुख्य प्रशिक्षक इन्जिनियर प्रजित अधिकारी , प्रशिक्षक कृतेश ढकाल र तालीम सहजकर्ता विनित बरालको लगायतको उपस्थित थियो।

कार्यक्रम संयोजक नेपाल गणित संघका महासचिव तथा दिव्य कलेजका निर्देशक छवि ढुंगानाको जानकारी अनुसार देशभरबाट करिब तीन हजार भन्दा बढी बीस बर्ष मुनिका माध्यमिक तहका विद्यार्थीबाट जिल्ला स्तरीय , प्रदेश स्तरीय र राष्ट्रिय स्तरीय छनौट परीक्षाबाट उतिर्ण भइ एकचालीस जना विद्यार्थीलाइ दश दिनको करिव साठी घन्टा बन्द प्रशिक्षणमा राखि ६ घन्टाको अन्तिम परीक्षाबाट उत्कृष्ट ६ जना विद्यार्थी छनौट गरि जुलाई एघारदेखि बाइस तारिकसम्म अस्ट्रेलियाको सनसाइन कोस्टमा सम्पन्न हुन गइरहेको ६६औं अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गराइनेछ।

कार्यक्रममा छनौट भएर आएका विद्यार्थीलाइ कलेजका तर्फबाट अध्यक्ष नारायण काफ्ले , उपप्राचार्य छत्र न्यौपान्नेले स्वागत गर्नुको साथै सफलताको शुभकामना दिएका थिए । कलेजले बन्द प्रशिक्षणमा आएका विद्यार्थीलाइ निशुल्क स्टेशनरी प्रदान गरेको थियो।
