सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

पत्रकार सम्मेलन गरेर कुलमानले भने : म पदबाट बिदा भए पनि नागरिकको रुपमा गर्नुपर्ने कर्तव्यबाट पछि छैन

शुक्रबार, चैत्र २२ २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन आयोजना गरेका छन्।

घिसिङले शुक्रबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । प्राधिकरणमा रहँदा आफूले गरेका काम र सरकारले बर्खास्ती गरेकोबारे बोल्न उनले पत्रकार सम्मेलन गरेका हुन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले नेपाली जनताले दिएको स्नेह र आशिर्वादले मलाई हार्न नदिएको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले आफूलाई हटाउने दिन पनि बिजुली बाल्नकै लागि मकवानपुरको एउटा विकट बस्तीमा आफू खटिएको बताउँदै उनले भने, ‘नेपालको कानुनले निदृष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खटिएको थियो, कसको स्वार्थको विषयमा ममाथि जाइलागेको थियो भन्ने नेपाली जनता आफैं जानकार छन् ।’

उनले आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बिदा भए पनि नागरिकको रुपमा गर्नुपर्ने कर्तव्यबाट पछि नहटेको बताए ।