बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कार्यवाहक प्रधानमन्त्री सिंह आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग भेट गर्दै

शुक्रबार, चैत्र २२ २०८१

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले छलफल गर्ने भएको छ ।

शुक्रबार दिउँसो ३ बजेका लागि सिंहको कार्यकक्षमा महासंघका पदाधिकारीलाई बोलाइएको छ। ‘हामीलाई सरकारको तर्फबाट बोलाइएको छ’, महासंघका एक पदाधिकारीले भने ।

बिहीबार पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो । शुक्रबार हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ ।

तर सरकारले बोलाएको बैठकमा सहभागी नहुने संकेत महासंघका पदाधिकारीले दिएका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएर २० चैतदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।