सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

सवारी दुर्घटनामा एकको मृत्यु, नौजना घाइते

बिहिबार, चैत्र २१ २०८१

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–४, एकहटियामा मोटरसाइकल र ईभी गाडी ठोक्किदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

बिहीबार बिहान ८ः२० बजे उदयपुरबाट काठमाडौं जाँदै गरेको बा–प्र ०३–०१–४४५ नम्बरको ईभी गाडी र डकाहाबाट दुधौलीतर्फ गइरहेको प्र २–००१–प ७०११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

दुर्घटनामा तीनपाटन गाउँपालिका–१० औलडाँडा बस्ने २६ वर्षिय प्रेम राम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिए । उनका अनुसार गम्भिर घाईते बनेका राना मगरकोउपचारका क्रममा मृत्यु भएको हो ।

ईभीमा सवार नौजना यात्रुमध्ये केहीको अवस्था मध्यम र केही सामान्य रहेको छ ।