काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् ।
बिहीबार उनी हाजिर भएका हुन् । केही जनप्रतिनिधि र कर्मचारीको सहयोगमा उनी कार्यालय प्रवेश गरेका हुन् ।
उनलाई रोक्न मेयर बालेन शाहले महानगर नगर प्रहरी खटाएका थिए ।
केही बेरअघि प्रशासकीय अधिकृतलाई कर्मचारी र जनप्रतिनिधहरूले स्वागत गरेका थिए । तर, बाक्लो संख्यामा परिचालिन नगरप्रहरीले रोक्न खोज्दा मुठभेडको अवस्था आएको थियो ।
कर्मचारी र जनप्रतिनिधको भिडले अधिकृतलाई सुरक्षा दिँदै कार्यकक्षमा लगेका थिए । यस क्रममा नगरप्रहरीसँग केहीबेर धकेलाधकेल भएको थियो ।
गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।
यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् ।