बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

‘हेर्दाहेर्दै’ मा राखिएको घिसिङ र शाक्यको रिटमा आजपनि सुनुवाइ

बुधबार, चैत्र २० २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ ।

मंगलबार सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । सो रिटमाथि आज पनि सुनुवाइ हुने भएको हो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दुवैको रिटमाथि सुनुवाइ भएको थियो ।

आफूलाई विना कारण सरकारले हटाएको भन्दै घिसिङले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए भने आफूलाई पदमा निरन्तर कायम राख्नुपर्ने, कुलमानलाई जिम्मेवारी दिन नहुने माग राखी शाक्यले पनि सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

अदालतले दुवै रिट निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।