सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

निलम्बन फुकुवाबारे रवि लामिछानेलाई सभामुख घिमिरेले के दिए जवाफ ?

मंगलबार, चैत्र १९ २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् ।

आज (मंगलबार) बिहान लामिछानेसहित रास्वपाका नेताहरुले सभामुख घिमिरेलाई आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।

भेटमा सभामुखले लामिछानेको निलम्बन फुकुवा गर्न नसक्ने बताएको बुझिएको छ । लामिछानेसहित रास्वपाका नेताहरूलाई सभामुख घिमिरेले निलम्बन आफूले नगरेको स्पष्ट पार्दै सांसद पद सभामुखले निलम्बित गरेको नगरेको र कानुनत: निलम्बित भएको हुँदा आफूले निलम्बन फुकुवा गर्न नसक्ने बताएका थिए । सभामुख घिमिरेले नियमावलीअनुसार तत्काल निलम्बन फुकुवा गर्न नसकिने जवाफ दिएको बताइएको छ । सभामुखको भनाइपछि लामिछाने बिदा मागेर बाहिरिएका थिए ।

लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै उनको सांसद पद निलम्बन गरिएको थियो ।