सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

घिसिङ र शाक्यको रिट न्यायाधीशहरु चुडाल र पाण्डेयको इजलासमा

मंगलबार, चैत्र १९ २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

यसअघि हेर्न नमिल्नेमा परेको उक्त रिट मंगलबार चुडाल र पाण्डेयको इजलासमा सुनुवाइ हुने भएको हो।

आइतबार उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासले हेर्न नमिल्नेमा परेको थियो।

दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा परेको थियो।

घिसिङ र शाक्यको रिट गत बिहीबार दर्ता भएको थियो।

घिसिङले मन्त्रिपरिषदले उनलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गरेका छन्। यता शाक्यले भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका छन्।

चैत ११ गते बसेको मन्त्रिपरिषदले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।