सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

निलम्बन फुकुवाको आग्रह गर्दै रवि लामिछाने

मंगलबार, चैत्र १९ २०८१

, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सभामुख देवराज घिमिरेसँग भेट्दै छ ।

रास्वपाका सभापति रवि लामिछानेसहित सांसदहरुले १० बजे सभामुखलाई भेट्ने कार्यक्रम तय भएको छ ।

सभामुखसँगकाे भेटमा सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गर्ने बुझिएको छ । यसअघि रास्वपाले सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सहकारी ठगी प्रकरणमा छानविन सुरु भएपछि पार्टी सभापतिको जिम्मेवारीबाट अलग भएर डीपी अर्याललाई कार्यवाहक दिएका लामिछाने सोमबारको बैठकमा सभापतिको हैसियतमा उपस्थित भएका थिए ।

उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा विपक्षी बनाएर मुद्दा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद निलम्बन भएको थियो ।