शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्रले पनि उन्मुक्ति नपाउने : प्रधानमन्त्री ओली

सोमबार, चैत्र १८ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

चैत १५ गते राजावादीहरूले आपराधिक घटना गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति नपाउने उनले बताए ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले अराजक मान्छेलाई बोलाएर कमान्डर बनाएर हिंसा मच्चाएको भन्दै पूर्वराजाले उन्मुक्ति नपाउने बताए ।

उनले भने, ‘आपराधिक घटनामा संलग्न कसैले उन्मुक्ति पाउँदैन। यसमा पूर्वराजाले पनि पाउनुहुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्षाहन गर्ने जनकमाण्डर, इतिहासले कुनमा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजन लुटपाट गर्ने व्यक्ति चुपचाप कसरी हुनसक्छ।’

उनले भने, ‘काठमाडौँको तीनकुनेमा अर्को सभाको लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशङ्का र द्विविधा समेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशङ्काका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरूको पनि थियो ।’

काठमाडौँ- तीनकुने घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने घटनामा तत्कालीन राजा  शाहले पनि उन्मुक्ति नपाउने बताएका हुन् ।

प्रधानमन्त्रीले प्रारम्भिक अध्ययनमा चैत १५ गते भएका सबै घटनाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौता उल्लङ्घन गरेको भन्दै नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उनलाई नागार्जुन दरबार प्रयोग गर्न र उनकी आमालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको बताए ।

‘हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री श्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद÷व्यवस्थापन गर्नु भएको थियो’, प्रधानमन्त्रीले भने,

samridhi jewllers

‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनुहुन्न । यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न ।’

उनले ज्ञानेन्द्रले फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? भनेर प्रश्न समेत गरे ।

‘मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट–– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?’, प्रधानमन्त्रीको प्रश्न छ ।

प्रधानमन्त्रीले सबै घटनाको मूल जिम्मेवार ज्ञानेन्द्र नै भएको र जिम्मा समेत लिनुपर्ने बताए ।

‘गत चैत १५ गते २ वटा राजनीतिक कार्यक्रमबारे प्रशासनलाई जानकारी गराइएको थियो । दुवै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको भनिएको थियो । शान्ति, सुव्यवस्था कायम राख्दै विरोध– आलोचनाको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुनसक्ने अवाञ्छित घटनाप्रति आयोजकहरूलाई सचेत गराएको थियो’, प्रधानमन्त्रीले सुनाए ।

प्रधानमन्त्रीले सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा ‘समाजवादी मोर्चा’ले काठमाडौँको प्रदर्शनी मार्गमा भव्य सभा गरेर आफ्नो धारणा सार्वजनिक गरेको बताए । मोर्चाको कार्यक्रम  शालीन जुलुस सहित भएको भन्दै प्रधानमन्त्रीले त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गरे । ‘हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने पनि म ठान्दछु’, प्रधानमन्त्रीको भनाइ छ ।

उनले भने, ‘काठमाडौँको तीनकुनेमा अर्को सभाको लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशङ्का र द्विविधा समेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशङ्काका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरूको पनि थियो ।’

तर तीनकुनेका आयोजकहरूले पहिले प्रशासनलाई जानकारी गराए अनुसार सभा नगरेको र उत्तेजक प्रदर्शन र अराजनीतिक नारा सहित भीड सलबलाउन थालेको बताए ।

‘सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित “जनकमान्डर” आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता वारदात सुरु गरियो’, प्रधानमन्त्रीको भनाइ छ ।

‘हुँदा हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेण्टल स्टोरहरू लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरिएको भन्दै प्रधानमन्त्रीले निजी व्यक्तिको घरमा आगजनी मात्रै नगरेर मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आततायी कार्य भएको बताए ।

‘अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्वलनशील पदार्थमा आगो लगाई विस्फोट गराउने आतङ्ककारी काम समेत भयो । प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो’, प्रधानमन्त्रीले भने, ‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नहरूमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुन्छ । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुने छ । ’

साथै, उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिएका छन् ।