काठमाडौं । लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन भएको छ ।
आइतबार साँझ काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा ८७ वर्षको उमेरमा उनको निधन भएको हो । केही दिनअघि पक्षघात भएर कोइरालालाई अस्पताल भर्ना गरिएको थियो ।
पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेमा थिए ।
कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गरेका थिए ।
पूर्वसांसदसमेत रहेका दिवङ्गत कोइरालाको सोमबार बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।