सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

रवीन्द्र मिश्र र धवल शमशेरसहित ५१ जना प्रहरी नियन्त्रणमा, दुर्गा प्रसाईं फरार

शनिबार, चैत्र १६ २०८१

काठमाडौं ।  जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दुई जनाको ज्यान जाने गरी भएको राजावादी आन्दोलनको मूल नेतृत्वलाई प्रहरी खोजी रहेको छ ।  प्रहरीका अनुसार, राजावादी मोर्चाको कमाण्ड सम्हालेका प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । तर, उनी यतिबेलासम्म पनि भेटिएका छैनन् ।

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सोही अभियानका अन्य नेताहरू स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बु लगायत पाँच जनालाई पक्राउ गरेको हाे ।

उता, सोही अभियानका संयोजक नवराज सुवेदीको घरमा भने प्रहरी परिचालन भएको छ ।

राजावादीको प्रदर्शनले उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका मिश्र र धवलशमशेर राणासहित पाँच जनाविरुद्ध लुटपाट, आगजनी, तोडफोड र ज्यान मार्ने उद्योग ‍कसूरमा अनुसन्धान अगाडि बढाइने भएको छ ।

पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।