काठमाडौं । प्रहरीले तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार गरेको छ ।
सुरक्षा निकायले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले झन्डै ४–५ सेल अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास प्रहारपछि भागदौड मच्चिँदा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।
यसअघि पनि उनीहरू बानेश्वरतर्फ जान खोजेका थिए । अहिले तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भइरहेको छ ।