बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आवागमन ठप्प पारेर मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च

शुक्रबार, चैत्र १५ २०८१

काठमाडौं । आज काठमाडौंको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेको छ।

मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरेको छ, जसका कारण क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ ।

जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक/एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोर्‍हखुट्टे जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ ।  चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।

त्यस्तै, आजै राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन्। दुवै समूहको प्रदर्शनले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा ठूलो चुनौती खडा गर्ने सम्भावना छ।